मन्त्री छान्न बालुवाटारमा ओली– प्रचण्ड छलफल गर्दै

सचिवालय वैठक विहान १२ बजेलाई बोलाइयो, त्यसपछि आजै हेरफेर हुने, सपथ ग्रह्ण पनि आजैं

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, ०८ : ०४
मन्त्री छान्न बालुवाटारमा ओली– प्रचण्ड छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आजैं मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेपछि बिहानै देखि राजनीतिक चहलपहल वढेको छ ।  प्रधानमन्त्री निवास वालुवाटार र अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहानै देखि मन्त्रीका आकाक्षीहरु पुग्न शुरु गरिसकेका छन् ।

को फाल्ने र को नयाँ मन्त्री नियुक्त गर्ने भन्ने मोटामोटी दुई अध्यक्षका बीचमा पटक –पटक छलफल चलेपनि अन्तिम निर्णयका लागि भने अहिले बिहान निर्णयक छलफल गदैछन् । बिहान ९ बजे हट्ने र नयाँ बन्ने मन्त्रीहरुका विषयमा छलफलका लागि नेकपाले सचिवालय वैठक वोलाएको छ ।  त्यस अगाडी नै ओली र प्रचण्डका वीचमा  छलफल हुदैछ । दुई अध्यक्षको यो छलफलले फालिने, रहने र नयाँ नियुक्त हुने मन्त्रीहरुको अन्तिम रोष्टर तयार पार्नेछ । त्यसपछि त्यसलाई पार्टी सचिवालय वैठकमा लगेर अनुमोदन गराउने कार्यतालिका नेकपाले वनाएको छ ।

सचिवालय वैठक पछि दिउँसो २ वजे आसपास पारेर नयाँ मन्त्रीहरुको सपथ ग्रह्ण गराउने गरी प्रधानमन्त्री कार्यलयको तयारी छ । दुई अध्यक्ष मन्त्री छान्न अन्तिम छलफलमा लागेका वेला आकाक्षीहरुको दौडधुप पनि तिव्र बनेको छ । प्रधानमन्त्री केपी ओलीले पूर्व एमाले तर्फका आकाक्षीहरुसँग बालुवाटारमा हिजो छुटाछुटै रुपमा एकल र सामुहिक छलफल पनि गरेका थिए । ओलीसँग हिजो मंगलबार महेश बस्नेत, पार्वत गरुङ लगायतले भेटवार्ता गरेका थिए ।

अहिलेका बहालवाला मन्त्री मध्येका ५ जना फाल्ने की  १० जना भन्नेमा दुई अध्यक्षका बीचमा अन्तिम निर्णय लिन बाँकी छ । ओलीले ५ जना फाल्नेमा कुन कुन मन्त्री र १० जना फालेमा कुन कुन भन्ने सम्मको तयारी छ । ५ जना मन्त्री मात्र बाहिरिएमा मात्रिका यादव, चक्रपाणी खनाल, थममाया थापा, जगत विश्वकर्मा र लालबाबु पण्डित पर्ने करिव निश्चित जस्तै भएको बालुवाटार स्रोतले बतायो । यद्यपी यी मन्त्रीहरुले पनि सरकारमा जोगिनका लागि आ–आफनो लविङ विभिन्न च्यानल प्रयोग गर्न थालेका छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले आफु जोगिनका लागि राष्ट्रपति विद्या भण्डारीलाई गुहारेको बताइन्छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ पनि फालिने अत्यिाधिक सम्भावित सुचिका मन्त्री हुन् । तर उनले पनि उपेन्द्र महतो देखि अन्य शक्ति केन्द्रहरुको समेत प्रभाव पारेर दोहोरिन अनेक प्रयास गरेका छन् । उनले वन मन्त्रालय फेरिदिन तर कायम राखिदिनका लागि वामदेव गौतम, प्रचण्ड लगायत नेता कँहा पनि धाएको धाएछन् । आफु हटने भए श्रीमती जूली महतोलाई मन्त्री बनाउन पनि उनले उत्तिकै लविङ गरिरहेका छन् ।

मधेसीको ठाँउमा मधेसी, महिलाको ठाँउमा महिला र जनजातिको ठाँउमा जनजातिलाई नै समेटेर मन्त्री परिषद हेरफेरको दुई अध्यक्षले तयारी गरेपछि मात्रिका फालिदा उनको ठाँउमा जानका लागि प्रभु साह र रामेश्वर राय यादव कम्मर कसेर लागेका छन् । प्रभु मधेसीमा एक्लो प्रतिस्पर्धी देखिएपनि हिजो मध्यान्हवाट भने रामेश्वर राय यादव पनि बलियो बनेर देखा परेको चर्चा नेकपाभित्र छ । महेश बस्नेतले आफुलाई उद्योगमा लैजान, मातृकाको साटो मधेसवाट आउने प्रभु वा रामेश्वर राय यदवलाई श्रममा लैजान, श्रम मन्त्री दोहोरिएमा उनलाई भौतिक पूर्वाधारमा लैजान ओलीसँग आग्रह् गरेको बुझिएको छ । ओलीले गोकुल बास्कोटा र यागेश भटटराईलाई  भने यथावत राख्न चाहेका छन् ।

योगेशले सम्हालिरहेको पर्यटन मन्त्रालयमा ओलीले गोकुललाई लैजाने र सञ्चारमा योगेशलाई ल्याउने तयारी पनि गरेका थिए । तर मन्त्रीमा नियूक्त भएको छोटो समय मात्र भएको र आफनो कार्ययोजना अगाडी बढेकोले योगेशले मन्त्रालय हेरफेरको ओली प्रस्तावमा सहमति नजनाएको बताईएको छ । सोमबार ओलीले यस विषयमा योगे सँग कुराकानी गर्न बालुवाटार निम्ताएपनि उनी भने बारामा कार्यक्रम लम्ब्याउदैं  बसेका थिए । पर्यटन वर्ष २०२० मा कार्यकर्ता परिचालन गर्न सकिने ठानी ओलीले उक्त मन्त्रालय आफु निकट नेतालाई दिन चाहेका थिए ।

योगेशले नमानेपछि अब यो प्रक्रिया रोकिने भएको छ । दोलखाका नेकपा सांसद पार्वत गुरुङ पनि दौडधुपमा लागेका छन् । उनी दोलखाकै ओली निकट मनिने अर्का नेता आनन्द पोखरेललाई साथ लिएर ओलीलाई भेटन पुगेका थिए । पार्वत आफै पनि ओली निकट नेता हुन ।. तर दुई नेता गएर दबाव बढाउदा सम्भावना अधिक हुने भएकोले पार्वत आनन्दलाई बोकेर बालुवाटार पुगेका थिए । श्रम मन्त्री गोर्कण विष्ट पनि फालिने डेन्जर जोनमा देखिएपनि उनलाई महासचिव विष्णु पौडेल जोगाउन लागेका छन् ।

ओली क्याम्पमै भएपनि गण्डकी क्षेत्रमा आफनो प्रभाव बलियो बनाईराख्न र परराष्ट्र मन्त्री रहेका प्रदीप ज्ञवालीको प्रभावलाई रोक्नका लागि महासचिव पौडेलले बिष्टलाई जोगाउने अभियान चलाएका छन् । उता देवेन्द्र पौडेल कृषि मन्त्रालय ताकेर बसेका छन् । उनी मन्त्रालय हेरफेरको अन्तिम तयारी भएको थाहा पाएलगत्तै पोखरावाट काठमाडौं मंगलबार बिहानै आईपुगेका छन् ।

उनी पनि मन्त्री बन्ने दौडमा छन् । ओलीले भने कृषिमा अग्नि सापकोटालाई ल्याउन चाहेका थिए । अग्निलाई ल्याउँदा तत्कालिन माओवादी समुहले सम्भावित सभामुखमा गर्न सक्ने दाबीलाई छेक्नका लागि ओलीले कृषिमा अग्निलाई ल्याउन चाहेका हुन् ।

तर यसमा प्रचण्ड असहमत देखिएपछि ओलीको चाहनामा ब्रेक लागेको चर्चा नेकपाभित्र छ । सापकोटा भने सभामुखमै दाबी गरिरहेका छन् । आकाक्षी नेताहरु कसरी आफु पर्ने भनेर तिव्र लबिङमा लागिरहदा यिनै चर्चामा रहेका नामवाट ओली दाहालले मन्त्री छान्ने नेकपा स्रोतले बताएको छ ।