काठमाडौँ । जेनजी आन्दोलनका क्रममा दमन गरेको अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्गिथत गराइने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले दुबै जनालाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । शनिबार पक्राउ परेका उनलाई उक्त दिन बिदा परेकाले आज कार्यालय खुलेपछि उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काडमाडौँले जनाएको छ ।
ओली र लेखक दुबै भक्तपुरस्थित आ–आफ्नो निवासबाट पक्राउ परेका थिए । पक्राउ पछि ओली स्वास्थ्यको कारण देखाउँदै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने लेखकलाई चाहिँ २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दुबै जनालाई कारबाही गर्न सिफारिस गरेसँगै नयाँ सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्