काठमाडौं । चुनाव अगाडी विभिन्न कम्युनिष्ट घटक पार्टी तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समिति गठन भएको छ । पार्टी एकताका क्रममा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई बनाएर अन्य नेताहरुको कार्यविभाजन र कमिटि निर्माण गरिएको थिएन ।
केन्द्रीय आयोजक समिति झण्डै २४ सय हाराहारी बनाएको नेकपाले पार्टीका मुख्य नीति बनाउने थलो कुन कमिटिको बनाउने, त्यसमा को को नेता रहने भन्ने निर्णय भएको थिएन ।
तर अहिले नेपाली कम्युनिष्ट पार्टीले ४५ सदस्यीय रहने गरी केन्द्रीय कार्यसंयोजन समिति बनाएको नेता प्रेमबहादुर सिंहले बताए । उनका अनुसार, यो उच्चस्तरीय संन्यत्र हो ।
यसमा पूर्व माओवादी समुहका १९ जना नेताहरु रहेका छन् । त्यस्तै पूर्व एकीकृत जवादीबाट १६ जना नेता परेका छन् । अन्य नेताहरु भने पार्टी एकतामा आएका विभिन्न धाराका नेताहरु रहेका छन् । यो संन्यत्रको पहिलो बैठक पनि बिहिबार बसेको नेता सिंहले जानकारी दिए ।
को को छन् केन्द्रीय कार्यसंयोजनमा ?
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – संयोजक
२. माधवकुमार नेपाल – सहसंयोजक
३. भलनाथ खनाल – सदस्य
४. बामदेव गौतम – सदस्य
५. नारायणकाजी श्रेष्ठ – सदस्य
६. अग्निप्रसाद सापकोटा – सदस्य
७. कृष्णबहादुर महरा – सदस्य
८. नारायण श्रेष्ठ – सदस्य
९. डा. गंगालाल तुलाधर – सदस्य
१०. गिरिराजमणि पोखरेल – सदस्य
११. गोपाल किराती – सदस्य
१२. चक्रपाणि खनाल – सदस्य
१३. चेत बहादुर पुन – सदस्य
१४. जनार्दन खतिवडा – सदस्य
१५. जयन्तीदेवी राई – सदस्य
१६. डिलाराम आचार्य – सदस्य
१७. दिनानाथ शर्मा – सदस्य
१८. देवप्रसाद गुरुङ – सदस्य
१९. देवेन्द्र पौडेल – सदस्य
२०. नन्दबहादुर पुन – सदस्य
२१. पम्फा भुसाल – सदस्य
२२. प्रकाश ज्वाला – सदस्य
२३. प्रमेश कुमार हमाल – सदस्य
२४. प्रेमबहादुर सिंह – सदस्य
२५. डा. वेदुराम भुसाल – सदस्य
२६. भानुभक्त जोशी – सदस्य
२७. डा. भीम रावल – सदस्य
२८. मदनकुमारी (गरिमा) शाह – सदस्य
२९. महेन्द्र राय यादव – सदस्य
३०. मातृका प्रसाद यादव – सदस्य
३१. मेघमणी चौधरी – सदस्य
३२. रञ्जिता श्रेष्ठ – सदस्य
३३. राजेन्द्र कुमार राई – सदस्य
३४. राजेन्द्र श्रेष्ठ – सदस्य
३५. राजेन्द्रप्रसाद पाण्डे – सदस्य
३६. रामकुमार भट्टराई – सदस्य
३७. रामचन्द्र झा – सदस्य
३८. लीलामणि पोखरेल – सदस्य
३९. वर्षमान पुन – सदस्य
४०. शक्तिबहादुर बस्नेत – सदस्य
४१. श्रीराम ढकाल – सदस्य
४२. सुनिलकुमार मानन्धर – सदस्य
४३. सुवासराज काफ्ले – सदस्य
४४. हितमान शाक्य – सदस्य
४५. हितराज पाण्डे – सदस्य
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ