काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्ने मागसहित बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
रिट ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट पेश गरिएको हो । जसमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरी थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ। अदालतले दर्ता भएको रिटमाथि बहस सोमबार गर्ने निर्णय गरेको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता लेखकलाई जेन जेड आन्दोलनको क्रममा दमन गर्ने आरोपमा चैत १४ गते शनिबार पक्राउ गरिएको थियो। पक्राउसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली