चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित मालपोत कार्यालय परिसरमा बिचौलियाको काम गर्दै आएका व्यक्तिहरूमाथि प्रहरीले विशेष अप्रेसन सञ्चालन गरेको छ। सेवाग्राहीको फाइल बोकी अनधिकृत रूपमा दलाली कार्यमा संलग्न रहेका १६ जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक झन्झट सिर्जना गर्दै बिचौलियाको माध्यमबाट सेवा प्रवाहमा अवरोध पु¥याउने गतिविधि बढेपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा विभिन्न स्थानका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा परेकाहरूमा कालिका नगरपालिका–९ का ५० वर्षीय डीलबहादुर भण्डारीदेखि रत्ननगर नगरपालिका–८ का ३५ वर्षीय रोहित महतोसम्मका व्यक्तिहरू रहेका छन्। उनीहरू विभिन्न भू–सेवा केन्द्रसँग आबद्ध भई सेवाग्राहीका कागजात बोकी अनधिकृत रूपमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न आगामी दिनमा समेत निगरानी तथा कारबाहीलाई अझ सशक्त बनाइने बताएको छ। साथै सेवाग्राहीलाई कुनै पनि बिचौलियाको भर नपरी सम्बन्धित कार्यालयबाटै प्रत्यक्ष सेवा लिन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ चैत्र २०८२, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
हनि ट्रायाप प्रयोग गरी लुटपाट गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमा आतंक फैलाउने नन्द प्रसाद भट्ट पक्राउ
बलात्कार आरोपमा खैरहनीका इन्स्पेक्टर प्रकाउ