काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी भएका छन् भने काँग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक स्थानमा विजयी आठ स्थानमा अगाडि छ ।
श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी