काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको बताएका हुन्। वामपन्थी शक्तिबीचको एकताले जनतामा अभूतपूर्व उत्साह जगाए पनि विचार, संगठन र व्यवहारिक पक्षमा कमजोरी रहेका कारण एकता टिकिराख्न नसकेको उनको तर्क छ।
‘त्यतिबेला एकताको आधार कमजोर थियो, पार्टीको लगाम दुई जना अध्यक्षद्वयको अधिनमा मात्रै सीमित रह्यो’, बाँस्कोटाले भनेका छन्, ‘हामीले न सोभियत संघको विघटनबाट पाठ सिक्यौँ, न त चिनियाँ मोडेलको अन्ध अनुकरण नै सफल हुन सक्यो।’
उनले चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ भएको दाबी समेत गरे। यद्यपि, वामपन्थी आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै उनले गल्तीहरू नसच्याए आगामी दिनमा थप संकट आउन सक्ने चेतावनी दिएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'
गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: गोकुल बास्कोटा
पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हाल्यो : गोकुल बास्कोटा