दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १९ : ३२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । 

बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

यही चैत १७ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।

यही प्रकरणमा भट्टलाई प्रहरीले आज बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस