काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेशका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र उम्मेदवारहरूहरुलाई परिपत्र गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी विस्तृत समीक्षा प्रतिवेदन तयार पारी पठाउन निर्देश दिएको हो।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन