काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
प्रशासकीय अधिकृतमा कहाँ कसलाई खटाइयो ?

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव
प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर