काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन। बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताए । नेपाली कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको उनले बताएका हुन ।
सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई उनले समेत आग्रह गरे । अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दावी समेत गरे । उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहोर्याए ।
अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सकेमा मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराए । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनले गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली