शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, १६ : ४१
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ ।

शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयहरूले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस