काठमाडौँ । पश्चिम एसियाका विभिन्न मुलुकमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ नेपाली नागरिक पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार, पक्राउ पर्नेमा युनाइटेड अरब इमिरेट्समा ३, साउदी अरेबियामा ४, कतारमा ३ र ओमानमा १ नेपाली रहेका छन्।
मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार उनीहरूलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण फोटो, भिडियो वा सन्देश साझा गरेको आधारमा नियन्त्रणमा लिइएको हो।
इरान-इजरायल-अमेरिका बीचको संघर्षको सन्दर्भमा खाडी क्षेत्रका मुलुकहरूले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने कार्यमा कडाइ गर्दै आएका छन्। पक्राउ परेकाहरूले पोस्ट गरेको सामग्रीले देशको सुरक्षा र जनतालाई भ्रममा पार्ने खतरा रहेको बताइएको छ।
प्रवक्ता क्षेत्रीको भनाइ अनुसार, पक्राउ परेका नेपालीको हकमा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा नियोगहरूले आवश्यक जानकारी संकलन गरी सहजीकरण गरिरहेका छन्। उनीहरूमाथि लाग्ने चार्ज र सम्भावित जरिवानासम्बन्धी विवरण बुझ्ने काम जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, १६ : ४४
लेखकबाट थप