काठमाडौँ । प्रतिनिधि सभामा नयाँ सभामुखको पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन्।
संसद् सचिवालयले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेपछि अर्यालको मात्रै नाम दर्ता भएकाले उनी स्वतः सभामुखमा चयन भएका हुन्।
उम्मेदवारी दर्ताका लागि समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो। अर्यालको उम्मेदवारी रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए भने अर्थमन्त्री स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समर्थन जनाएका छन्।
प्रतिनिधि सभाको आगामी आइतबारको बैठकले औपचारिक रूपमा अर्याललाई सभामुख पदमा निर्वाचित घोषणा गर्ने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन