काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताएका छन् ।
महिला उद्यमी महासंघ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला-२०८२’ को समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताए ।
उनले भने, “महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ ।”
उपराष्ट्रपति यादवले ‘स्वदेशी उत्पादन उपयोग गरौँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने मूल नारासहित सुरु भएको तीन दिवसीय व्यापार मेलाले जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्ने, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
“महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ,” उनले भने, “यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोत साधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास
उपराष्ट्रपति यादव र भारतीय दूतावासका निमित्त राजदूतबीच शिष्टाचार भेट