काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्व गर्न सर्वोच्च अदालतलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल र संसदका अधिकांश सांसदहरूले सर्वोच्च अदालतमा असंवैधानिक कार्यविरुद्ध निवेदन दिएको सन्दर्भ जोड्दै अदालतलाई मौन बस्न नमिल्ने बताउनु भयो । उहाँले भदौ २३ र २४ गते भएको उत्पात (जनआन्दोलन÷जेन–जी विद्रोहपछि उत्पन्न अराजकता) लाई लिएर देशलाई भयानक संकटमा पारिएको, राज्य संयन्त्र कमजोर बनाइएको तथा असंवैधानिक ढंगले सरकार गठन गरी संसद् विघटन र चुनावको मिति तोकिएको आरोप लगाउनु भयो । अदालतको मौनताले संवैधानिक संस्थामाथि प्रश्न उठ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा उत्पात मच्चियो भदौ २३ र २४ गते । उत्पात मच्चाइयो । जानिजानिकन । देशलाई भयानक संकटमा पारियो । राज्यलाई कमजोर पारियो । राज्य संयन्त्रलाई कमजोर पारियो । राजनीतिलाई कमजोर पारियो । राजनीतिक दलहरुमाथि अस्वीकार र थिचोमिचो भयो । अराजकताको बिगबिगी बढाइयो । त्यसबाट एउटा सरकार बन्यो, असंवैधानिक ढंगले । उसले चुनावको मिति तोक्यो । राजनीतिक दल र संसदका अत्याधिक सांसदहरुले सम्मानित सर्वोच्च अदालतमा असंवैधानिक क्रियालाप भयो, संविधानअनुसार गरि पाउँ भनेर निवेदन दिए । यस्तोमा म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तो सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन । फैसला दिनुपर्छ । चुनाव गर्ने वा संसद पुनःस्थापना गर्ने । हामीले पुनःस्थापनाको माग गरिरहेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले । संविधान मिचिएको छ, भनिरहेका छौँ हामी, सुन्दै नसुन्ने । अदालत बोलिनुपर्छ, भनिदिनुपर्छ । संविधान मिचिएको छैन भने छैन भन्नुप¥यो, मिच्न पाइन्छ भने पनि पाइन्छ भन्नुप¥यो । संविधान मिच्न मज्जाले पाइन्छ भनेर । कहिले संसद भंग गर्नै पाइँदैन । भनेको छ, कहिले पाइन्छ, भनिदिनुस् न । चुपचाप लागेर अदालत बस्न पाइँदैन । यत्रो प्रश्न उठेका बेला, देश यस्तो संवैधानिक संकटमा फसेका बेला अदालत चुप लागेर बस्न मिल्दैन । यस्तो मौनताले संवैधानिक संस्थाहरुको औचित्यमा प्रश्न उठ्ने अवस्था बन्छ । परेको केही काम नगर्ने हो भने संवैधानिक इजलास भनेर किन चाहियो भनेर प्रश्न उठ्दैन । यस सम्बन्धमा अदालतले चुनाव अघि नै बोल्नुपर्छ । अविलम्व बोल्नुपर्छ ।’
अध्यक्ष ओलीले अदालत मौन बस्न नपाउने र कुनै पनि बहानामा ब्युरोक्रेटिक अर्डर वा मौनता अपनाउन नहुने स्पष्ट पार्नुभयो। सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित निर्वाचन गर्नेतर्फ हुनुपर्ने बताउनु भयो । सरकार तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनुपर्ने बताउनु भयो । सरकार यदी निश्चित व्यक्तिलाई जिताउनेतर्फ लागे त्यस्तो निर्वाचन स्वीकार्य नहुने चेतावनी दिनुभयो । त्यसले देशमा ठूलो अनिष्ठ पैदा गर्ने बताउनु भयो । सरकारले जे पनि गर्दा हुन्छ भन्ने सोचे देशका लागि नै अनिष्ठ हुने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?