काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको शैक्षिक संस्थाहरू हप्ताको शनिबार र आइतबार पूर्ण रूपमा बन्द हुने भनी मिति २०८२-१२-१७ को सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘उक्त सूचना कपोलकल्पित र भ्रामक हो र यसमा कुनै वास्तविकता छैन। शैक्षिक संस्थाहरूले यस आधारमा कुनै निर्णय लिनु हुँदैन,’ मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सम्बन्धित सबै शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेको छ।
साथै, सरकारी कागजात, छाप वा दस्तखतको दुरुपयोग गरी गलत सूचना फैलाउने व्यक्ति पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय