काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा सक्रिय भएर अबको लडाइँ लड्नुपर्ने बताएका छन्।
‘अब हरेकले यो लडाइँ लड्नुपर्छ। कम्तीमा १० वटा मेसेज गर्नुस्, दिनको १० वटा स्ट्याटस लेख्नुस्, राम्रो कुरा लेख्नुस्। साथीभाइले राम्रो गरेको कुरामा लाइक त थिचिदिनुस् बाबा। छेउमै हुन्छ।’
उनले अहिले थकाइ मार्ने वेला नभएको बताए। ‘४० कटेपछि रमाऔँला’ गीतको प्रसंग झिक्दै ओलीले भने, ‘अहिले थकाइ मार्ने वेला होइन, लागौँ साथीहरू। चुनावपछि थकाइ मारौला।’
आगामी प्रतिनिधि सभाको निर्वाचनमा ‘स्विप आउट’ गर्नुपर्ने उनको भनाइ थियो। ‘यो फागुनमा होस् कि, चैतमा होस् कि जेठमा, चुनाव त हुन्छ। जहिले चुनाव भए पनि हामीले स्विप आउट गर्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता