काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली फागुन २१ को चुनावमा उम्मेदवार दर्ताका लागि आज गृहजिल्ला झापा जाँदैछन् । उनी गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेला प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टर चढेर भागेका थिए ।
त्यसयता उपत्यका बाहिर समेत नगएका ओली आज पहिलो पटक आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि झापा जान लागेका हुन् । बिहान साँढे १० बजेको जाहाजवाट भद्रपुर अवतरण गर्ने गरी उनी त्यहाँ पुग्न लागेका हुन् । त्यहाँ उनीसँग प्रतिस्पर्धा गर्न रास्वपाले चुनाव पछि भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेको र काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएको बालेन शाह पनि चुनावी मैदानमा छन् ।
आज झापाको दमक पुगेपछि ओलीले झापाका ५ ओटै निर्वाचन क्षेत्रमा एमालेको बस्तुस्थिती लगायतका विषयमा अध्ययन गरेर थप रणनीति बनाउने तयारी गरेका छन् । एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर छलफल गर्नेछन् । यसैगरी ३ नम्बरका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छन् ।
क्षेत्र नम्बर २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमकका नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने गरी कार्यक्रम बनाइएको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।
ओलीले झापामा फेरि एक क्षेत्र अन्य पार्टीलाई छोडेर ५ मा आफनो लागि साथ र सहयोग लिने वा के गर्ने भन्ने विषयमा पनि त्यहाँको वस्तुस्थिती बुझेर निर्णय लिने तयारी भएको छ ।
कतिपयले झापा ३ मा फेरि राप्रपाका राजेन्द्र लिङदेन, काठमाडौं ५ मा कमल थापालाई सहयोग गरेर आफनो क्षेत्रमा राप्रपाको साथ आफुले लिने गरी भित्री समझदारी ओलीले गर्नसक्ने सम्भाबना रहेको आकलन पनि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम