काठमाडौं। नेकपा (एमाले)का युवा/विद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेका छन् ।
शुक्रवार पार्टीको सचिवालय बैठकमा सहभागी हुन पुग्नुभएका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सो दबाब दिएका हुन् । पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरुले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न शुरु गरेका छन् ।
विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दवाव बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीवारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राख्नुभएका धारणाबारे छलफल गर्न बैठक जारी छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग