काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।
बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आयो ।
बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।
उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो । बुधबार हिमलयन डिष्ट्रिलरी, सानिमा माइ हाइड्रो, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीको सर्वाधिक कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार