घट्यो सेयर बजार

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, १५ : २९
घट्यो सेयर बजार

काठमाडौं । शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो ।

५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो । समग्र बजार घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अंक) बढेको छ । यो समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ । यो समूहमा केही नयाँ कम्पनी थपिएर लगातार मूल्य बढ्दा सूचकले नयाँ रेकर्ड बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस