काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो ।
२५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो ।
यो समूहमा रहेका दुई ठूला कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य उच्च दरले बढ्दा समग्र समूहगत सूचकलाई टेवा पुग्यो । आज हिमालयन रिको मूल्य ७.५३ प्रतिशत तथा नेपाल पुनर्बीमाको ५.३३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार