काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु पर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको बताएका हुन् ।
सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्नलाई अथवा नियमन गर्नलाई कारबाही गर्नलाई विभाग नै छ, सरकारसँग, ’ उनले भने, ‘अहिले मात्रै गर्न लागेको होइन, तपाईंलाई भ्रम नपरोस्, सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, त्यो नियन्त्रण गर्ने, हेर्ने विभाग छ । त्यो सरकारको रेगुलर काम हो ।’
२०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
यसको लागि उच्चस्तरीय छानविन आयोग गठन गरिए अझ प्रभावकारी हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने