काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताका लागि समर्पित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो भावना सार्वजनिक गर्दै सांसद राईले आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका हुन् ।
दशकौँअघि नै आफ्नो लागि सोच्न छोडेको उल्लेख गर्दै राईले आफूलाई ‘जनताको दुःख समाधान गर्ने एउटा औजार’ को रूपमा चित्रण गरेका छन् । “न मलाई पीडा हुन्छ न खुसी, म पत्थर हुँ, निर्जीव ढुङ्गा हुँ,” उनले फेसबुकमा लेखेका छन्, “मेरा हरेक पाइलाले मलाई कतै पुर्याउनु छैन, पुर्याउनु छ त केवल यो देश र समाजलाई ।”
आफूलाई देशको बोझ उठाउने ‘अमुक भरिया’ भन्दै उनले आफ्नो आँखाबाट बग्ने आँसु पनि आफ्नो नभएर देशको पीडाभाव भएको बताएका छन् । देशलाई माया गर्दा आफूले पाएका गाली र अपमानलाई उनले ‘अनमोल उपमा’ को संज्ञा दिँदै त्यसलाई सलाम गरेका छन् ।
“आफैँलाई त्यागेर देश अंगाल्नेको नियति संसारमा यस्तै हुन्छ,” गौतम बुद्धले हिंसा देखेर ज्ञान खोजेको प्रसङ्ग जोड्दै राईले थपे, “मलाई अवस्था बदल्नु छ, म त एउटा सपना र संकल्पको लागि मात्र बाँचेको हुँ ।” आफ्नो शरीर, पसिना र धड्कन सबै माटो र देशका लागि भएको भन्दै उनले आफू र आफ्नो भन्ने केही बाँकी नरहेको भाव व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ