काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।
आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो ।
आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०८२, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
शीतलहरले बाटो चिप्लो भएपछि दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालन
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश