काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादित सदस्य नियुक्ति तथा बैठक सहभागिताको विषयमा छानबिन अघि बढाउँदै प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति ध्यानाकर्षण जनाउँदै दुवै अधिकारीसँग औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयका अनुसार उक्त प्रकरणमा निर्णय प्रक्रिया, माइन्युट व्यवस्थापन तथा बैठकमा सहभागितासम्बन्धी कागजात मिलाउने कार्यमा कर्मचारीहरूको संलग्नताबारे सार्वजनिक भएका तथ्यलाई गम्भीर रूपमा लिइएको छ l

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, २१ : २५
लेखकबाट थप