काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् ।
गौरीकुमारी यादव महोत्तरी-४ बाट निर्वाचित भएकी हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं-२ बाट निर्वाचित भएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, २१ : ४३
लेखकबाट थप