सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको

पत्रपत्रिकाबाट

शुक्रबार, १३ चैत्र २०८२, ०७ : ०३
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको

काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेकाले रास्वपाको संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै छ ।

नयाँ सरकार गठन भएसँगै राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र पनि बदलिनुपर्ने बाध्यात्मक अवस्था छ ।

 यथास्थितिमा कर्मचारी संयन्त्र कायम रहँदा सरकार मात्र नयाँ बनेर नागरिकले परिवर्तनको अनुभूति गर्न सक्दैनन् । आमसेवाग्राहीले मेरो सरकार छ भन्ने महसुस गर्ने गरी कर्मचारी संयन्त्रले कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

प्रशासनविद्हरूले नयाँ सरकार बनेसँगै प्रशासनिक संयन्त्रलाई पनि नयाँ बनाउन भएकै जनशक्तिलाई  प्रविधिमैत्री बनाई कार्यजिम्मेवारीप्रति बफादार बनाउनुपर्ने सुझाव दिएका छन् । 

कर्मचारीलाई जबर्जस्ती काम लगाउनेभन्दा पनि कर्मचारी आफैँले जिम्मेवारी बोध गर्ने गरी कार्यसम्पादन गर्ने वातावरण बनाउन प्रशासनविद्हरूको सुझाव छ । गोरखापत्रमा विस्तृतमा खबर छ ।