काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको परीक्षण गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद साम्पाङले देशको समग्र स्वास्थ्य र सुशासनका लागि राज्यका उच्च पदस्थको यस्तो परीक्षण अनिवार्य रहेको तर्क गरेका हुन् ।
“प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीको मापसे र लापसे चेकजाँच दैनिक गरिनु पर्दछ । सांसदको पनि गर्नुपर्छ,” उनले लेखेका छन्, “देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।”
सार्वजनिक पद धारण गरेका व्यक्तिले संवेदनशिल निर्णय गर्ने हुनाले उनीहरूको शारीरिक र मानसिक अवस्था सन्तुलित हुनुपर्नेमा उनले जोड दिएका हुन् । साम्पाङ पछिल्लो समय सामाजिक सञ्जालमार्फत शासकीय सुधार र अनुशासनका विषयमा धारणा राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग