काठमाडौँ । उत्कृष्ट लयमा रहेका ओपनर अर्जुन कुमालले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको जारी संस्करणमा दोस्रो शतक प्रहार गरेका छन् । उनको अविजित १०३ रन मद्दतमा गण्डकीले लुम्बिनीलाई ८ विकेटले हराएको छ ।
लुम्बिनीले पहिलो ब्याटिङ गर्दै दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा भेट्टायो ।
कुमाल र सिब्रिन श्रेष्ठले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि गण्डकीले सहज जित प्राप्त गर्यो । कुमालले १३० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरे । सिव्रिन ४३ रन बनाएर आउट भए ।
कुमाल प्रधानमन्त्री कपको यो संस्करणमा सर्वाधिक रन बनाउने सूचअंको शीर्षस्थानमा छन् । यसअघि उनले कोशीविरूद्ध १०२ रनको शतकीय पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १७ : २३
लेखकबाट थप