काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा बैंक मौज्दातदेखि पारिवारिक सम्पत्ति र आयस्रोतसम्मका विवरण समेटिएका छन् ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहको बैंक खातामा करिब १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइजस्ता डिजिटल प्लेटफर्ममार्फत भएको आम्दानी रहेको जनाइएको छ ।
पारिवारिक सम्पत्तितर्फ शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका-९ मा करिब ५ आना ९.२ पैसा जग्गा रहेको उल्लेख छ भने धनुषामा १ दशमलव २ बिघा जग्गा रहेको देखाइएको छ । त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा करिब ९ बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शाहले चल सम्पत्तिको विवरणमा सुन, चाँदी, हिरा जवाहरातमा श्रीमती सवितासँग संयुक्त रूपमा करिब १ सय ९० तोला रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्तिको स्रोत पैतृक भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर प्रधानमन्त्री शाह चितवनमा
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह
आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह
सुकुम्वासी बस्तीमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस: प्रधानमन्त्री शाह
आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह