काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले छाडेको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले छाडेको छ ।
प्रधानमन्त्रीलाई गालीगलाैज गरेको भन्दै पाँचथरकाे फाल्गुनन्द गाउँपालिकाबाट उनलाई प्रहरीले पक्राउ गरेकाे थियो ।
जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो । तर, गाली गरेकै भरमा उनलाई पक्राउ गरिएपछि धेरैले आलोचना गरेका थिए ।
सरकारविरुद्ध आवाज चर्किँदै गएपछि पोखरेललाई छाडिएको हो । प्रहरीका अनुसार उनलाई हजुरआमाको जिम्मा लगाएर छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १६ : ४६
लेखकबाट थप