काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो ।
बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार