१९ अंक बढ्यो सेयर बजार

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०८२, १५ : १७
१९ अंक बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ : ०६ बजे नेप्से परिसूचक २७८९ अंकसम्म झरेको थियो, जुन अंक कारोबार अवधिभरको न्यूनतम विन्दु रह्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो ।

बजारका धेरैजसो समूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस