सिरहा । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश दास रहेका छन्।
नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सुखिपुरबाट सशस्त्र प्रहरी निरीक्षक (सई) यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले चेक गर्ने क्रममा मोटरसाइकलमा सवार दासलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा उनको साथबाट १९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ