सांसदले संसदीय गरिमा र मर्यादालाई बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १३ : १९
सांसदले संसदीय गरिमा र मर्यादालाई बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताएका छन । उनले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा आफू लाग्ने बताए। उनले संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपबाट खासै फरक नभएको समेत बताए। जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिने उनको तर्क छ ।

उनले संसदको स्वरुप सरकारमा देखिनु स्वभाविक भएको समेत उनले बताए । सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक भएको बताए । तर त्यसको निकास पनि त्यही ढंगले दिनुपर्ने उनले बताए।

प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । यहि माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भएका थिए। माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भएका थिए । निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन् ।

प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा भएको उनले बताए । हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरु आएको उनको भनाइ छ । संख्याको हिसाबले अलि ठूलो संख्यामा नेता संसदमा आएको उनले बताए ।

राजनीतिले नै सबै कुराको छिनोफानो गर्ने उनको तर्क छ । प्रतिनिधि सभा सञ्चालन गर्नका लागि विगतबाट शिक्षा लिनुपर्ने उनले बताएका हुन । विगतमा भएका नकारात्मक केही घटनाहरु र प्रवृत्ति भएको बताउँदै उनले त्यसलाई विना पूर्वाग्रह त्यसबाट शिक्षा लिने बताए ।

आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने उनको भनाइ छ । पक्ष र विपक्ष भएर आएको छ भने दुई वटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर प्रतिनिधि सभालाई प्रभावकारी बनाउने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस