‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०८२, १७ : ४४
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित भएको बताएका छन् ।

बडा दसैँ, २०८२ को शुभकामना दिँदै उनले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रूपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनी कामना समेत गरेका छन्।

दसैँलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ । घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ । विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस