काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो ।
जुन गत ८ महिना यताकै उच्च मूल्य हो । गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?