काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो ।
जुन गत ८ महिना यताकै उच्च मूल्य हो । गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?