काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार र प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ थियो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?