नुवाकोट। नुवाकोटकी ७५ वर्षीया नेत्रकुमारी खत्रीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गत सोमवार राति खत्रीको हत्या गरेर फरार रहेकी शिवपुरी गाउँपालिका–६ खत्रीटोलकी सुकु तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिरहेको अवस्थामा बिहीवार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीवार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले जानकारी दिए ।
'लामो समयदेखि लागुऔषध दुर्व्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेकी छिन्', उनले भने, 'वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।'
वृद्धाको हत्यापश्चात लुटिएको रु ८३ हजार र उनले लगाएको सुनको एक जोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका आधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो ।
'गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ', प्रहरी प्रमुख थापाले भने, 'नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ् ।'
एकल महिला र निःसन्तान खत्रीको सोमवार राति १० बजे हत्या भए पनि छिमेकीले मंगलवार मात्र थाहा पाएका थिए ।घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले ४ दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ