जेन-जी रेड फोर्सकी संयोजक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०८२, १५ : २३
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ

काठमाडौं । नेकपा सम्बद्ध जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरी पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’ अनामनगरबाट उनलाई नियन्त्रणमा लिएका थिए ।

उनलाई पक्राउ गरेलगत्तै भद्रकालीस्थित प्रहरी परिसरमा पुर्‍याइएको  छ । सरकारको आलोचना गरेको हुँदा आफूलाई प्रहरीले पक्राउ गरेकाे उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस