काठमाडौं । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ । स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको हो ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् । तर, मेयर बालेनले भने जरिवाना नतिरेको आयोगले जनाएको छ ।
आयोगले साढे सात लाख रुपैयाँ जरिवाना तिर्न भनेर निर्देशन दिए पनि मेयर बालेन जरिवाना नर्तिने अडानमै छन् । उनले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।
यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह