काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा स्थगित मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु हुने भएको छ। निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा उक्त निर्णय भएको जानकारी दिएको हो।
निर्वाचन आयोगका अनुसार, मङ्सिर ६ गतेदेखि स्थगित गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रम अब चैत २२ गतेदेखि पुनः सञ्चालन हुनेछ।
विज्ञप्तिमा उल्लेख छ कि राष्ट्रिय परिचयपत्र प्राप्त नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्र विवरणमार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकका लागि आयोगको पूर्व दर्ता प्रणालीमार्फत अनलाइन फारम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण दिनुपर्नेछ। यसका लागि आवेदकले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छ।
साथै, मतदाता नामावलीमा रहेका विवरण सुधार (नाम, थर, ठेगाना, मतदान स्थल, नागरिकता विवरण आदि), दोहोरो नाम हटाउने, मृत्यु र बसाइसराइको अद्यावधिक गर्ने कामका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा