काठमाडौँ । सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगसमक्ष बुझाएका छन्। प्रस्तुत विवरण अनुसार उनले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
उक्त विवरणमा प्रचार-प्रसारसम्बन्धी शीर्षकमा सबैभन्दा ठुलो रकम व्यय भएको देखिएको छ। सो शीर्षकअन्तर्गत मात्रै ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको जनाइएको छ।
गोरखा-१ निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा उनले प्रेम खत्रीलाई पराजित गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए।
निर्वाचनपश्चात् उनले सांसदका रूपमा प्राप्त हुने पारिश्रमिक तथा सुविधा नलिने सार्वजनिक घोषणा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
‘रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु’: सुदन गुरुङ