काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवार तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन प्रचार–प्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फका हकमा सम्बन्धित राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्नेछ।
कानुनी व्यवस्था अनुसार राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेश गर्नुपर्नेछ। साथै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम उक्त खर्च विवरण सम्बन्धित सरोकारवालाको जानकारीका लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल र उम्मेदवारले तोकिएको समय सीमाभित्र निर्वाचन प्रचार–प्रसारमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्नेछ। उनले सार्वजनिक गरिएको विवरणको फोटो वा स्क्रिन सट प्रिन्ट गरी वा अन्य भरपर्दो प्रमाण संलग्न गरेर निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लास्थित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने