काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ मूल्यमा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?