काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ मूल्यमा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?