काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका हुन् ।
नवलपुरस्थित सशस्त्रको कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरे । उनले त्यहाँ जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायतसँग जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए ।
पृथ्वीराजमार्गको सडक निरीक्षण गर्दै शनिबार उनी चितवन पुगेका थिए । आज बिहानै चितवनका गृहप्रशासनका कर्मचारीहरूसँग छलफल सकेर उनी नवलपुर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग