युट्युवर पक्राउप्रति जेन-जी मुभमेन्टको आपत्ति

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १५ : ५३
युट्युवर पक्राउप्रति जेन-जी मुभमेन्टको आपत्ति

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले युट्युवर रोशन पोखरेललाई तत्काल रिहा गर्न माग गरेको छ । अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक भन्दै जेन-जी मुभमेन्टले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ’ भन्दै प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो ।’

प्रधानमन्त्री स्वयंको विगतको अभिव्यक्ति स्मरण गराउँदै विज्ञप्तिमा विचार र अभिव्यक्तिका आधारमा नागरिकलाई अपराधीको रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस