काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। केहीदिनयता निरन्तर उकालो लागेको सुनको मूल्य आज भने तोलामा ४ सय रुपौयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?